अल्बानिया पठाइदिन्छु भनी ठगी गर्ने २ जना पक्राउ

काठमाण्डु – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाण्डु महानगरपालिका–७ बस्ने उदयपुर त्रियुगा नगरपालिका–९ घर भएकी ३५ वर्षीया बिमला दनुवार र काठमाण्डुको नागार्जुन नगरपालिका–१ बस्ने कास्कीको पोखरा महानगरपालिका–२६ घर भएकी ४८ वर्षीया राम कुमारी रोक्का मगर रहेका छन् ।…