काठमाण्डु – प्रहरीले अवैध लागूऔषधसहित कञ्चनपुर र सुनसरीबाट ३ जनालाई पक्राउ गरेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ बासखेडाबाट नियन्त्रित लागूऔषध डाइजेपाम २९ एम्पुलसहित भीमदत्त नगरपालिका–१७ बागवाणी बस्ने ३७ वर्षीय मनोज सुनारलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट मझगाउँबाट खटिएको प्रहरी टोलीले उनलाई अवैध लागूऔषधसहित पक्राउ गरेको छ । सुनसरीको कोशी गाउँपालिका–१…