काठमाण्डु– मुस्ताङबाट २ करोड बढीको विद्युतीय चुरोट (भेप) बोकेको कन्टेनरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–५ का ३२ वर्षीय पेमा लामा रहेका छन् । लोमान्थाङ गाउँपालिका–४ नेचुङ्गबाट ना ६ ख ७५९१ नम्बरको कन्टेनरमा चीनबाट अवैध रूपले नेपाल भित्र्याउँदै गरेको अवस्थामा २ करोड २४ लाख ५९ हजार ३ सय २० रुपैयाँ…