काठमाण्डु – राजधानी काठमाण्डुको गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेल चोकबाट प्रहरीले ठूलो परिमाणमा नक्कली नेपाली नोटसहित ६ जनालाई पक्राउ गरेको छ । बुधबार राति साढे ९ बजेको समयमा नक्कली नोटको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी वृत्त बौद्ध र जिल्ला प्रहरी परिसर काठमाण्डुबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोक र काठमाण्डुका…