काठमाण्डु – सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा अनुसन्धान गर्न अदालतले लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको प्रहरी स्रोतले जनाएको छ । पूर्वउपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेलाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ…