घुमाउने बहानामा सुन्दरीजल पुर्याएर प्रेमीकाको हत्या

काठमाण्डु– गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा मृत फेला परेकी युवतीको हत्या भएको खुलासा भएको छ । सिराहा घर भई हाल काठमाडौँको बसुन्धारा बस्ने राम दुलारीको शव सुन्दरीजलस्थित ढुंगाको चेपभित्र गत बिहीबार भेटिएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार सुन्दरीजलमा उनकै प्रेमीले युवतीको हत्या गरेको प्रहरीले जनाएको छ । उनको हत्या आरोपमा प्रहरीले…