साँघुरा पुलका कारण दुर्घटना वृद्धि

परासी - भैरहवा–भुमही सडक खण्डअन्तर्गत पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–५ मा पर्ने रामखण्डा खोला पुलको मर्मत सम्भारमा ध्यान नपुग्दा दुर्घटनाको जोखिम बढ्दै गएको छ । सडकको तुलनामा पुल निकै साँघुरो र जीर्ण अवस्थामा पुग्दा पनि सम्बन्धित निकायको ध्यान पुग्न नसकेको यात्रुको गुनासो छ । यही पुलका दुर्धटना हुँदा धेरैले ज्यान गुमाइसकेका छन् भने कैयौँ घाइते भएका…