काठमाण्डु– नेपाल मेडिकल कलेज जोरपाटीका आवासीय डाक्टरहरू सडकमा उत्रिएका छन् । सरकारले तोकेअनुसार न्यूनतम पारिश्रमिक नपाएको भन्दै उनीहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् । उनीहरूले ‘स्वास्थ्य शिक्षा माथिको चरम व्यापारीकरण नियन्त्रण गर’, ‘पीजी सिटको कालोबजारी बन्द गर’, स्वास्थ्य शिक्षामाथि राजनीति बन्द गर, आवासीय चिकित्सकमाथिको श्रम शोषण बन्द गर, लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरिरहेका छन् । सरकारले…