मानव अधिकार आयोगले भन्यो – अत्यावश्यकीय स्वास्थ्य सेवा बन्द गर्नु कानूनविपरीत हो

काठमाण्डु – राष्ट्रिय मानव अधिकार आयोगले नेपाल चिकित्सक संघको नेतृत्वमा चिकित्सकहरूद्वारा भइरहेको आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अत्यावश्यकीय स्वास्थ्य सेवा बन्द गर्नु कानूनविपरीत भएको स्पष्ट पारेको छ । आयोगले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, ‘नागरिकको सरल र सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्ने हकको उल्लंघन भएको भनी आयोगमा उजुरी समेत प्राप्त भएको छ…