काठमाण्डु-आज विश्व हेपाटाइटिसविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको जुलाई २८ मा हेपाटाइटिसविरुद्धको दिवस मनाउने गरिन्छ । यो वर्ष ‘यो काम गर्ने समय हो’ भन्ने अन्तराष्ट्रिय नारा तय गरिएको छ । हेपाटाइटिस भन्नाले विभिन्न संक्रमणका कारणले कलेजोमा सुन्निने अवस्थालाई बुझिन्छ । कलेजोमा ‘हेपाटोट्रोपिक भाइरस’ का कारण हुने संक्रमणलाई भाइरल हेपाटाइटिस…