शरीरमा अक्सिजनको कमी हुन नदिन फोक्सोलाई यसरी स्वस्थ राखौँ

काठमाण्डु – कोभिड–१९ ले संक्रमित मानिसहरूको फोक्सोमा तीन महिनाभन्दा धेरै समयपश्चात् पनि खराबी गराइरहेको अनुसन्धानकर्ताहरूले बताएका छन् । हाम्रो शरीरमा छातीभित्र दुईवटा फोक्सो हुन्छन् जसको काम हावा शरीरभित्र तान्ने, अक्सिजन भित्र लिने र अरू हावा बाहिर फाल्ने हो । जीवनको लागि नभई नहुने अक्सिजन शरीरभित्र पुर्‍याउने फोक्सो पनि नभई नहुने अंग हो । हाम्रो शरिरमा…