काठमाण्डु- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाण्डु उपत्यकाका चार वटा अस्पतालबाट कोरोना खोप लगाएका नागरिकको खाेप कार्ड प्रमाणीकरण सुरु गरेको छ । यसअघि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट मात्रै प्रमाणीकरण गर्ने गरिएको थियो । आजदेखि भने बानेश्वरस्थित निजामती अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल र ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पनि प्रमाणीकरण गर्न सकिने स्वास्थ्य…