काठमाण्डु-हिस्टोरिकल ब्लकबस्टर ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलले चलचित्र ‘कोशेढुंगा’ निर्माणको घोषणा गरेका छन् । चलचित्रको थिम पोस्टर सार्वजनिक गर्दै निर्माणपक्षले चलचित्र निर्माण गर्ने घोषणा गरेको हो । थिम पोस्टरले पहाडी परिवेश देखाएको छ । बादल र कलिलो घामको समिश्रण रहेको पोस्टरमा ढुंगामाटोले बनेको घर, अग्लो रुख, पहाड र एक महिलालाई देख्न सकिन्छ ।…