काठमाण्डु – डेढ दशक अघि मात्र नेपाली चलचित्रमा अभिनेता राजेश हमाल, निखिल उप्रेती, विराज भट्टलगायतका कलाकार हावी थिए । उनीहरुलाई पोस्टरमा देख्दा मात्र दर्शक हलसम्म पुग्ने गर्दथे । यद्यपि कथ्य शैली, मेकिङमा परिवर्तन आएसँगै नयाँपुस्ताले स्थान पाउँदै गएको छ । उनीहरुको उपस्थितिले मात्र पनि निर्माताले मुनाफा आर्जन गर्न थालेपछि चलचित्रमा नयाँपुस्ताको उपस्थिति बढिरहेको छ ।…