काठमाण्डु – सर्वोच्च अदालतले शिक्षक आन्दोलनका कारण देशभरका बालबालिकाको पठनपाठनमा उत्पन्न अवरोध तत्काल हटाउन र आन्दोलनरत शिक्षकका जायज माग सम्बोधन गर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । बिहीबार न्यायाधीश डा. नहकुल सुवेदीको एकल इजलासले शिक्षक आन्दोलनले विद्यार्थीको शिक्षाको अधिकार हनन् भएको ठहर गर्दै ३ दिनभित्र शिक्षकहरूलाई कक्षामा फर्काउने वातावरण बनाउन निर्देशन दिएको छ…