रसुवागढीको वैकल्पिक नाका व्यवस्थापन गर्न सरकारसँग चेम्बरको आग्रह

काठमाण्डु – नेपाल–चीन सिमानामा रहेको प्रमुख नाका रसुवागढीको टिमुरे क्षेत्र भएर गत मंगलबार आएको भिषण वर्षाले मानवीय र भौतिक रूपमा ठूलो क्षति व्यहोर्नुपरेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । भारी वर्षासँगै आएको बाढीले नेपाल–चीन मैत्री पुल पूर्ण रूपमा बगाएको र रसुवागढी नाकाबाट चीनसँग हुने व्यापारको मुख्य नाका बन्द हुँदा व्यवसायीहरू मर्कामा परेका चेम्बरले जनाएको…