काठमाण्डु– एशियाली विकास बैंक (एडीबी)ले आफ्नो दक्षिण एसिया विभागको महानिर्देशकमा नेपाली नागरिक सोना श्रेष्ठलाई नियुक्त गरेको छ । मनिलास्थित एडीबी मुख्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै श्रेष्ठलाई दक्षिण एसिया विभागको महानिर्देशक नियुक्त गरेको जानकारी दिएको हो । उनले बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकामा एडीबीको रणनीति तथा कार्यक्रम सञ्चालनको नेतृत्व गर्नेछिन्। नियुक्तिपछि श्रेष्ठले दक्षिण एसियाको…