हवाई इन्धन दोब्बरले बढ्यो, नयाँ मूल्य समायोजन भए सिलिण्डर १९० रुपैयाँ महङ्गो हुने

काठमाण्डु– नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ । निगमले मंगलबार आन्तरिक र अन्तर्राष्ट्रिय दुवै तर्फको उडानमा झन्डै दोब्बर बढ्नेगरी मूल्य समायोजन गरेको हो । यो सँगै हवाई इन्धनको मूल्य आन्तरिकतर्फ साविक १२७ प्रतिलिटर रहेकामा २५१ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ भने अन्तर्राष्ट्रिय उडानतर्फ काठमाण्डुमा यसअघि प्रति किलोलिटर ९६६ अमेरिकी डलर रहेकामा १ हजार…