आज पनि ५ हजार २०० रुपैयाँले बढ्यो सुनको भाउ, राख्यो नयाँ रेकर्ड

काठमाण्डु– सोमबार पनि नेपाली बजारमा सुनको भाउ बढेको छ । लगातार बढिरहेको सुनको भाउ आज पनि तोलामा ५ हजार २०० रुपैयाँले बढेको हो । हिजो ३ लाख ३ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख ९ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।…