काठमाण्डु- आइतबार सुनको भाउ बढेर नयाँ रेकर्ड राखेको छ । गत शुक्रबार २ लाख ६ सय पुगेर इतिहासकै महङ्गो बनेको सुनको भाउ आज पनि ३ हजार रुपैयाँ बढेको हो । आज सुन २ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो । यस्तै…