सबैभन्दा ठूलो धर्म मानव सेवा हो : अध्यक्ष ढकाल

काठमाण्डु- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबैभन्दा ठूलो धर्म मानव सेवा हो भन्दै धर्मसँग मानवीय सेवालाई जोडेर हेर्नुपर्ने बताएका छन् । मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि आजदेखि बागुलुङमा आयोजित श्रीमद्‌भागवत् ज्ञान महायज्ञको शुक्रबार उद्घाटन गर्दै अध्यक्ष ढकालले भने, 'सबैभन्दा ठूलो धर्म भनेको मानव सेवा हो, यसलाई मानव धर्म पनि भनिन्छ…