कैलालीमा ५ अर्बमा केबलकार बन्ने, परराष्ट्रमन्त्री राणाले गरिन् शिलान्यास

काठमाण्डु– परराष्ट्रमन्त्री आरजु राणा देउवाले कैलालीमा बन्ने जालपादेवी केबलकारको शिलान्यास गरेकी छिन् । राणाले शनिबार कैलालीको चिसापानीमा केबलकारको शिलान्यास गरेकी हुन्। कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ चिसापानीदेखि कैलालीकै मोहन्याल गाउँपालिका वडा नम्बर ७ राजकाँडासम्म जोड्न ३.१ किमी दुरीको केबलकार निर्माण गर्न लागिएको हो। आइएमई ग्रुपले बनाउने यो केबलकारमा ३४ वटा गोन्डोला हुनेछ। करिब ५…