काठमाण्डु-ओमानको मुद्रा अब नेपालमै खरिद बिक्री गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले यसको व्यवस्था मिलाएको छ । बैंकले एकीकृत परिपत्र, २०८० मा संशोधन गर्दै ‘ओमानी रियाल’ थप भएको जनाएको हो । विदेशी विनिमय व्यवस्थापन विभागका कामु कार्यकारी निर्देशक राजेन्द्र भट्टराईका अनुसार विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र…