विदेशबाट फर्केर कृषिकर्ममा लागेका सन्तोष बचत गर्छन् वार्षिक ६ लाख

प्युठान–पाँच वर्षअघि विदेशबाट फर्केर कृषिमा लागेका प्युठान नगरपालिका–८ तल्लो गेजवाङका सन्तोष जिसीलाई आफ्नो गाउँ रमाइलो लाग्छ । उनले गाउँमा कृषिकर्म गरेर मनग्य आम्दानी समेत गरिराखेका छन्। जिल्लामा किसान कृषिकर्ममा टिकेको पाइँदैन। केही त अनुदान लिएको अर्को वर्षदेखि नै फार्म बन्द गरेर विदेशिएका पनि छन्। तर जिसी भने प्रत्येक वर्ष नाफा वृद्धि गर्दै लैजाँदा खुसी छन्।…