सेबोन अध्यक्ष श्रेष्ठको कामः विवादमा फसेर अख्तियारमा बयान, नयाँ लाइसेन्स बाँड्नतिर ध्यान

काठमाण्डु – अख्तियारको अनुसन्धानमा रहेका नेपाल धितोपत्र बोर्ड (सेबोन) का विवादास्पद अध्यक्ष सन्तोष नारायण श्रेष्ठले आफूविरुद्ध मुद्दा दर्ता हुनुअघि नै नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण गर्ने तयारी गरेका छन् । अध्यक्ष श्रेष्ठले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण गर्ने सम्बन्धमा १ एजेन्डा राखेर बिहीबारका लागि बोर्ड सञ्चालक समितिको बैठक बोलाएको बोर्ड स्रोतले जानकारी दियो । उनी…