काठमाण्डु– हिन्दू धाम केदारनाथमा केबलकार बन्ने भएको छ । झण्डै १३ किलोमिटरको केबलकार परियोजना भारतको मन्त्रिपरिषदबाट स्वीकृत भएको हो । भारतको सोनप्रयागबाट केदारनाथसम्म पुग्ने १२.९ किलोमिटर लामो केबलकार परियोजना मोदी सरकारले स्वीकृत गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । परियोजना ४० अर्ब बढी भारतीय रुपैयाँमा बन्ने बताइएको छ । केबलकार सार्वजनिक नीजि साझेदारीमा बन्ने भएको हो…