काठमाण्डु - विगत पाँच दिनदेखि लगातार बढिरहेको सुनको मूल्यमा व्यापक कमी आएको छ । उच्च मूल्यको नयाँनयाँ रेकर्ड कायम गर्दै आएको सुनको मूल्यमा शुक्रबार व्यापक गिरावट आएको हो। सुनको मूल्य तोलामा ४ हजार २०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार सुनको मूल्य शुक्रबार २ लाख ३५ हजार कायम भएको छ। बिहीबार…