काठमाण्डु– सोमबार पनि नेपाली बजारमा सुनको भाउ बढेको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा १४ सय रुपैयाँले बढेको हो । आइतबार २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ५३ हजार ६ सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।…