काठमाण्डु - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद लिमा अधिकारीले नेपाल धितोपत्र बोर्ड (सेबोन)को नियामकीय भूमिकामाथि प्रश्न उठाउँदै रकम नै नतिरी अर्बौं रुपैयाँ बराबरको सेयर कारोबार वर्षौंसम्म कसरी सञ्चालन भयो भन्नेबारे स्पष्ट जवाफ मागेकी छन्। प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा आर्थिक वर्ष २०८२–८३ मा सेबोनले गरेका कामकारबाही, धितोपत्र बजारको नियमन तथा विकास र लगानीकर्ता संरक्षणका विषयमा छलफलका…