काठमाण्डु– पिपुल्स इनर्जी लिमिटेडले साधारण सेयर (आइपिओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति मागेको छ। कम्पनीले प्रतिकित्ता १ सय रूपैयाँ अंकित दरमा आयोजना प्रभावित र सर्वसाधारणका लागि ६६ लाख कित्ता आइपिओ निष्कासनका लागि बोर्डसँग अनुमति मागेको हो। आइपिओ जारी गर्न सबै प्रक्रिया पूरा गरी बोर्डमा आवेदन दिइएको पिपुल्स इनर्जीका कार्यकारी अध्यक्ष कृष्णप्रसाद आचार्यले…