उमागौरी कृषि सहकारीका अध्यक्ष रौनियार पुर्पक्षका लागि जेल चलान

विराटनगर – सहकारी ठगी मुद्दामा मोरङको धनपालथान गाउँपालिका–४ स्थित उमागौरी कृषि सहकारीका अध्यक्ष शम्भु रौनियार पुर्पक्षका लागि जेल चलान भएका छन् । मोरङ अदालतका न्यायाधीश अरुणकुमार झाको इजलासले आईतबार रौनियारलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो । अदालतको आदेशपछि रौनियार पुर्पक्षका लागि मोरङ कारागार चलान भएका मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए । सहकारी…