काठमाण्डु- देशभर १४ हजार सहकारीका ७३ लाख बचतकर्ताहरूको ६५ अर्बभन्दा बढि रकम ठगी भएको पाइएको छ । बचतकर्ताहरूको रकम सहकारी सञ्चालकहरूले ठगेर व्यापार गर्ने तथा विदेशमा पैसा पठाउने कार्यमा संलग्न भएर सम्पर्कविहीन हुँदा बचतकर्ताहरूको भने विचल्ली भएको हो । तिनै सहकारी सञ्चालकरूलाई कारबाहीको दायरामा ल्याउन देशभरका सहकारी पीडितहरू विगत ४७ दिनेदेखि धर्नामा बसेका छन् ।…