काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गत जेठमा भारत भ्रमणका बेला भएको १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने सम्झौतालाई भारत सरकारले स्वीकृत गरेको छ। भारतीय मन्त्रिपरिषद् बैठकले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने प्रस्ताव स्वीकृत गरेको हो। नयाँ दिल्लीस्थित नेपाली राजदूत शंकर शर्माले हालै बसेको भारतीय मन्त्रिपरिषद् बैठकले उक्त प्रस्ताव स्वीकृत गरेको बताए…