काठमाण्डु - प्रतिनिधिसभाको बैठक बुधबार पनि बस्दैछ। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज बिहान ११ बजे बस्नेछ। बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुनेछ। बजेटमाथि संसदमा छलफल चलिरँदा करका दर हेरफेरमा अनधिकृत व्यक्तिको प्रवेश गरेको भन्ने विषयले मंगलबारको संसद बैठक प्रभावित बनेको थियो । विपक्षीले अर्थमन्त्रीसँग यो विषयमा जवाफ…