काठमाडौं—नेकपा एमालेले उधोग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सुदूरपश्चिमको एमालेका प्रभावशाली नेता दामोदर भण्डारीलाई दिने भएको छ । सोमबार राति सत्तारुढ दलहरुबीच वालुवाटारमा भएको मन्त्रालयको बाँडफाँडमा एमालेले उद्योग, वाणिज्य तथा आपूर्तिसहित ८ मन्त्रालय पाएको थियो । बैतडीबाट प्रतिनिधीसभा विजयी भएका सांसद भण्डारीलाई एमालेले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय जिम्मेवारी दिन लागेको हो । एमाले अध्यक्ष…