काठमाण्डु – चालू आर्थिक वर्ष २०८०/८१ मा विदेशबाट रेमिट्यान्स आप्रवाह बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्षको पहिलो ५ महिनामा रेमिट्यान्स आप्रवाह मासिक १ खर्बभन्दा माथि रहेको छ । साउनदेखि मंसिरसम्म ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । मंसिर महिनामा १ खर्ब ३५ अर्ब २९…