स्मार्ट लाइसेन्स परिचयपत्र छाप्ने मेसिनबाट छापिने

काठमाण्डु- जेनजी आन्दोलन चर्किँदा मीनभवनस्थित यातायात व्यवस्था विभागमा आगजनी भए पनि स्मार्ट लाइसेन्सको डेटा भने सुरक्षित रहेको विभागका कर्मचारीहरूले बताएका छन्। ब्याकअपमा रहेको डेटा रिकभर गरी सेवा पुनः सुरु गर्ने सम्भावना रहेको छ। यातायात व्यवस्था विभागका अनुसार हालसम्म २५ लाख थान स्मार्ट लाइसेन्स छाप्न बाँकी छ। बाँकी लाइसेन्स छाप्न आवश्यक सामग्री खरिदका लागि विभागले चाँडै…