काठमाण्डु– नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल नेपाल धितोपत्र बोर्ड (सेबोन) को बोर्ड सस्यमा नियुक्त भएका छन् । उनलाई नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले महासंघको तर्फबाट सेबोन सदस्यका रुपमा मनोनयन गरेका हुन् । नेपाल धितोपत्र ऐन २०६३ को धारा ३ मा भएको व्यवस्था अनुरुप ढकाल सेबोनको सदस्यमा नियुक्त भएका हुन् ।…