काठमाण्डु- विकास हाइड्रोपावर कम्पनी लिमिटेडले (असार २९) आईतबार आईपीओ बाँडफाँड भएको छ । कम्पनीको बिक्री प्रबन्धकको रुपमा रहेको प्रभु क्यापिटल लिमिटेडले आइतवार विहान ९ बजे आईपीओ बाँडफाँड गरेकोे हो । कम्पनीको आईपीओमा मागभन्दा ८.७ गुणा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट बाँडफाँट भएको हो । भाग्यमानी २ लाख ९४ हजार २७६ जना आवेदकले १० कित्ताका दरले…