पहिलोपटक महिला डेपुटी डा. ढुंगाना कायममुकायम गभर्नरमा नियुक्त

काठमाण्डु – नेपाल राष्ट्र बैंकमा पहिलोपटक महिला कायममुकायम गभर्नर नियुक्त गरिएको छ । सरकारले भदौ ६ गतेदेखि राष्ट्र बैंकको कायममुकाय गभर्नरमा डेपुटी डा. निलम ढुंगाना तिम्सिनालाई नियुक्त गरेको हो । गभर्नर महाप्रसाद अधिकारीलाई कोरोना संक्रमण भएपछि अधिकारी निको भएर कार्यालय नआएसम्मका लागि डा. तिम्सिनालाई कायममुकायम बनाइएको अर्थ मन्त्रालयले जनाएको छ । बैंकमा अहिलेसम्म कुनै पनि…