काठमाण्डु – माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले यही वैशाख महिनाभित्रै ७६ मेगावाट विद्युत उत्पादन सुरु गर्ने भएको छ । संसद्को अर्थ समितिको आइतबारको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले वैशाख महिनाभित्रै पहिलो युनिटबाट विद्युतु उत्पादन सुरु हुने बताए । उनले वैशाख मसान्तभित्रै पहिलो युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन गर्ने गरी काममा तीव्रता दिइएको…