काठमाण्डु - नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको हो। शुक्रबार सुनको मूल्य तोलाको एक लाख ९६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला दुई हजार ३१५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।