काठमाण्डु– सागर डिष्टिलरी लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरमा ११ करोड ९० लाख ६४ हजार रुपैयाँ बराबरको ११ लाख ९० हजार ६४० कित्ता शेयर निष्कासन गरेको हो । यसमध्ये ७२ हजार ६०० कित्ता सामूहिक लगानी कोषका लागि र ४३ हजार ५६० कित्ता कर्मचारीका लागि छुट्याइएको छ…