सामाजिक सुरक्षा भत्तालाई निरन्तरता

काठमाडौ - सरकारले सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको छ । बिहीबार अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषणका क्रममा सामाजिक सुरक्षाका क्षेत्रमा दिइँदै आएको उक्त भत्तालाई निरन्तरता दिएको बताएका हुन् । सामाजिक सुरक्षा भत्ताको लागि सरकारले यस वर्ष ६७ अर्ब ५० करोड विनियोजन गरेको छ ।