विद्युत प्राधिकरणको सञ्चित घाटा शून्यमा झर्दै

-रमेश लम्साल काठमाडौं - नेपाल विद्युत् प्राधिकरणले प्रस्ताव गरेको नयाँ महशुलका सम्बन्धमा विद्युत् नियमन आयोगले आज विद्युतीय माध्यमबाट सार्वजनिक सुनुवाइ गरेको छ । आयोगले आज प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, निजी क्षेत्रका ऊर्जा उद्यमी, उद्योग वाणिज्य महासङ्घ, उपभोक्ता अधिकारकर्मीलगायतसँग विद्युतीय माध्यमबाट सार्वजनिक सुनुवाइ गरेको हो । सुनुवाइ आज साँझसम्म जारी रहने आयोगले जनाएको छ ।…