एनआईसी एशिया बैंकको तेस्रो त्रैमासिक परिसूचकहरु उत्साहजनक

काठमाडौं - एन आई सी एशिया बैंक लिमिटेडले चालु आ.व. २०७५-७६ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणका परिसूचकहरु अत्यन्त उत्साहजनक रहेका छन् । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म वार्षिक विन्दुगत आधारमा १४८ प्रतिशत (१ अर्ब ९२ करोड) ले वृद्धि गरी ३ अर्ब २२ करोड सञ्चालन मुनाफा आर्जन…