आजदेखि मानुषी लघुवित्तको शेयर कारोबार खुला

काठमाण्डु - मानुषी लघुवित्त वित्तिय संस्थाको प्राथमिक शेयर सोमवारदेखि बजारमा कारोबार खुला हुने भएको छ । नेप्सेले कम्पनीको शेयर सूचिकृत गरेसँगै आईपीओ दोस्रो बजारमा आजदेखि कारोबार खुला हुने भएको हो । कम्पनीले आइतबार १ सय दरका १० लाख ९३ हजार ७ सय ५० कित्ता शेयर सूचिकृत गराएको थियो ।