यशोदा भुजेल ओखलढुङ्गा – ओखलढुंगाको खिजिदेम्बा बिमानस्थलमा परीक्षण उडान सफल भएको छ । जिल्लाको खिजिदेम्बास्थित चण्डेश्वरीमा विमानस्थल निर्माणको काम सुरु भएको १३ वर्षपछि उक्त विमानस्थलमा तारा एयरको जहाजले सफल उडान परीक्षण गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त विमानस्थल सञ्चालनका लागि परीक्षण उडान गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टाराईले जानकारी दिए ।…