काठमाडौं – बिहिबार सुनचाँदीको भाउ घटेको छ । बुधबार तोलामा ७१ हजार ३ सय रुपैयामा कारोबार भएको सुनको मूल्य आज बिहिबार घटेर ७० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै बुधबारको तुलनामा चाँदी १५ रुपैयाँले घटेर तोलाको ८ सय ५५ रुपैयाँमा कारोबार भैरहेको छ ।