प्राविधिक काम नसकिएपछि नयाँ संसद् हलबाट बजेट प्रस्तुत नहुने

काठमाण्डु- भोलि सङ्घीय संसद्को संयुक्त सदनमा प्रस्तुत हुने आगामी आर्थिक वर्षको बजेट नयाँ हलबाट प्रस्तुत नहुने भएको छ । प्राविधिक कामहरू पूरा नभएकाले नयाँ हलबाट बजेट वाचन गर्न नसकिने निश्चित भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार आवश्यक प्राविधिक तयारी पूरा नभएकाले नयाँ हलबाट बजेट प्रस्तुत गर्न असम्भव भएको…