काठमाडौँ- मधेशी, दलित, जनजाति, व्यापारी, कृषक, पेशाकर्मीलगायत सबैलाई सन्तुलन हुने किसिमको नयाँ बजेट आउने अर्थमन्त्री डा युवराज खतिवडाले बताएका छन् । नेपाल व्यवस्थापन संघले काठमाडौँमा आयोजना गरेको आगामी २०७५/७६ को पूर्व बजेट छलफल कार्यक्रममा उनले यस्ताे बताएका हुन् । 'स्रोतको व्यवस्थापन र उत्पादक क्षेत्रको लगानीलाई बजेटले समेट्नेछ', उनले भने, 'विगतको बजेटले धान्नै नसक्ने आयोजनालाई समेटेकाले…