बूढीगण्डकीबारे कांग्रेसलाई ऊर्जामन्त्रीको जवाफः मुआब्जा न्यायोचित छ, पुनर्वासमा सहयोग गरौँ

काठमाडौँ—ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले स्थानीय र जनप्रतिनिधिसँग छलफलपछि बूढीगण्डकी परियोजनाको मुआब्जा निर्धारण गरिएको र त्यो न्यायोचित नै भएको बताएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बूढीगण्डकी जलविद्युत् परियोजना सम्बन्धमा मंसिर १६ गते सार्वजनिक गरिएको जग्गाको मुआब्जा निर्धारण र त्यसप्रति स्थानीयको असन्तुष्टिप्रति ध्यानाकर्षण भएको जनाएका बेला मन्त्री पुनको यस्तो जवाफ आएको हो। सो निर्णयले…