काठमाण्डु – लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बोर्डका आयोजनाहरू सार्वजनिक, निजी र साझेदारीमार्फत सञ्चालन हुने निर्णय भएको जानकारी दिएका छन् । बुधबार लगानी बोर्डको ६२औं बैठक सम्पन्न भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै लगानी बोर्डका आयोजनाहरू नेपाल सरकारका विभिन्न मन्त्रालय, विभाग, निकायहरू त्यसको साथसाथै प्रदेश सरकार स्थानीय तहसँग विभिन्न आयोजना सञ्चालन हुने निर्णय भएको बताए…