काठमाडौं- ब्याजदर घटाउन नमानेकै आधारमा नेपाल बैंकर्स संघले एनआईसी एशियासँगको अन्तर बैंक कारोबार बन्द गरेको छ । बैंकर्स संघले संबिधान र खुलाबजार अर्थतन्त्रको अवधारणाबिपरित आफ्नो एकाधिकार लाददै एनआइसी एशियासँग अन्तर बैंक कारोवार बन्द गराएको हो । संघको निर्णयसँगै शुक्रवारबाटै संघसँग आवद्ध २७ वटा बाणिज्य बैंकले एनआईसी एसिया बैंकसँगको अन्तर बैंक कारोबार बन्द गरेका छन ।…